न्युजिल्याण्ड, २३ कात्तिक । न्युजिल्याण्डमा सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अनिवार्य गरिएसँगै त्यसको विरोधमा हजारौंले प्रदर्शन गरेका छने भने कोभिड–१९ नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको पनि विरोध गरेका छन्। न्युजिल्याण्डको सुरक्षा व्यवस्था चुस्त बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ साथै संसद्को दुईओटाबाहेक सबै ढोका बन्द गरिएको छ।
मंगलबार मास्क नलगाएका हजारौं प्रदर्शनकारीले सरकारको नीतिविरुद्ध न्युजिल्याण्डका मानिसहरु प्रयोगशालाको जनावर नभएको भन्दै उनीहरुको लागि प्रतिबन्धको नियम हटाउनुपर्ने मागसहित प्रदर्शन गरेका हुन्।
न्युजिल्याण्डले सबैलाई कोरोना खोप अनिवार्य गर्ने निर्णय गरेको छ। न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले ९० प्रतिशत मानिसले कोरोना खोप लगाएपछि कोभिड–१९ नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध हटाउने बताएकी छिन् जुन मापदण्ड अन्य मुलुकको तुलनामा धेरै हो।
अहिलेसम्म न्युजिल्याण्डमा ८ हजारभन्दा कम कोरोना संक्रमित फेला परेका छन् भने ३२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
प्रतिक्रिया