बंगार रोयल च्यालेन्जर्स बैंग्लोरको प्रशिक्षकको रुपमा नियुक्त

काठमाडौं , २३ कात्तिक । इण्डियन प्रिमियर लिग (आईपीएल) टीम रोयल च्यालेन्जर्स बैंग्लोरको मुख्य प्रशिक्षकमा संजय बंगार नियुक्त भएका छन् ।

आगामी दुई सिजनका लागि भारतका पूर्व अलराउण्डर बंगारलाई प्रशिक्षक नियुक्त गरिएको हो । बंगार २०२१ मा ब्याटिङ कन्सलट्यान्ट थिए भने उनले अब माइक हरनको स्थान लिनेछन् । बंगार प्रशिक्षक बनेपछि यूएई लिग सुरु हुनुअघि व्यक्तिगत कारणले साइमन क्याटिचले राजीनामा दिएपछि प्रशिक्षक बनेका हसन भने पुरानै भूमिका डाइरेक्टर अफ क्रिकेट अपरेसशनमा फर्किनेछन् ।

विराट कोहलीले सिजनको अन्त्यबाट कप्तानको जिम्मेवारी छाड्दै भएकाले बैंग्लोरले अब नयाँ कप्तान पनि खोज्नुपर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति