अमेरिकालाई दक्षिण चीन सागरमा आफ्नो शक्ति प्रदर्शन नगर्न चीनको चेतावनी

काठमाडौं, २३ कार्तिक ।चीनका शीर्ष कूटनीतिक अधिकारीले अमेरिकालाई दक्षिण चीन सागरमा आफ्नो शक्ति प्रदर्शन नगर्न चेतावनी दिएका छन्। पछिल्लो समय दक्षिण चीन सागरमा ठूलो संख्यामा सैन्य गतिविधि बढिरहेको भन्दै यसले तनाव बढाउन सक्ने चेतावनीसँगै चिनियाँ अधिकारीले यस्तो चेतावनी दिएका हुन्।

दक्षिण चीन सागर फोरममा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यिले कुनै अमुक देशले समुद्रमा आफ्नो शक्ति देखाउन खोजेको आरोप लगाएका हुन्। उनले समुद्री क्षेत्र कसैको एकपक्षीय शक्ति प्रदर्शनको स्थान नभएको बताएका छन्। उनले समुद्री क्षेत्रमा सबै पक्षलाई समेट्नुपर्ने उनको भनाइ छ।

विदेशमन्त्री वाङले केही मुलुकले अर्को मुलुकको मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै सधैं त्यसको विपक्षमा उभिने बताएका छन्। अमेरिका र चीनले विवादित जलक्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाउँदै लगेका छन्।

यसले दुईपक्षबीच झडप निम्त्याउने खतरा पनि बढ्दो छ। पछिल्लो समय अमेरिकाले बेलायतर फ्रान्ससहितका मुलुकसँग मिलेर आफ्नो सैन्य जहाज दक्षिण चीन सागरमा पठाउँदै आएको छ। यसले तनाव झनै बढाएको हो। दक्षिण चीन सागरमा चीन, फिलिपिन्स, भियतनाम, मलेसिया, ब्रूनाई र ताइवानको हिस्सा छ। अमेरिकाको कुनै हिस्सा नभए पनि यो क्षेत्रमा आफ्नो उपस्थिति एसियाली गठबन्धनलाई सहयोगको लागि आवश्यक पर्ने दाबी गर्दै आएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति