मकवानपुर दुर्घटनामा एकको मृत्यु

मकवानपुर, २३ कात्तिक । हेटौँडाबाट मकवानपुरको मनहरितर्फ जाँदै गरेको बागमती प्रदेश ३००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ना ७ ख ८८१ नम्बरको ट्रकले आज बिहान साढे ६ बजे नवलपुरको मोडमा ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१२ निवासी ३२ वर्षीय सुशान्त पुडासैनी रहेका छन् । ट्रकका चालक लमजुङ निवासी पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति