प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्न खोज्नेहरू पक्राउ

काठमाडौं, २३ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।न्यायापालिका बचाउन भन्दै नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।तारा बरालगायत व्यक्तिहरू न्यायालय बचाऔ भन्दै नेपाल बार प्रवेश गर्न खोजेका थिए । उनीहरूले प्रधानन्यायाधीशको पक्षमा नारा लगाएका थिए ।वकिल नभएकोले बार प्रवेश गर्न लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि उनीहरूलाई त्यहाँबाट नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति