प्रधानन्यायाधीश जबराले सहमति तोडे : तोके आफ्नै लागि इजलास, सबै प्रकृतिका मुद्दा पेसीमा

काठमाडौं, २३ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ ।

बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् ।मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि समेत एकल इजलास तोकेका छन् ।

उनले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् । उनको यो कदमबाट अरु न्यायाधीशहरू थप असन्तुष्ट हुने सम्भावना बढेको सर्वोच्च अदालतस्रोतले बतायो । स्रोतले भन्यो, ‘अब त झनै दुवै पक्षबीच संवाद हुने वातावरण पनि विथोलिदै गएको देखिन्छ ।’नेपाल बार एशोसिएसनले सोमबार रातिमात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो । यसबाट आन्दोलिन कानून व्यवसायीहरू पनि थप आक्रोशित हुने निश्चित भएको छ ।सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश जबराले इजलास तोकेपछि उनीबाहेकको अरु इजलास बस्ने सम्भावना छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति