काठमाडौं, २२ कार्तिक । सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको हो । बैठकले केही सहसचिवको नियुक्ति र पदस्थापनाको निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णय : थप ६० लाख डोज खोप खरिद गर्न स्वीकृति दिने
प्रतिक्रिया