काठमाडौँ, २२ कात्तिक । बलात्कार आरोपमा नेपाल फ्रेट फरवार्डस (कार्गो)एसोसिएसन(नेफा) का अध्यक्ष मनोज अधिकारी पक्राउ परेका छन् । १६ वर्षीया किशोरीको जाहेरीका आधारमा अधिकारीलाई महानगरीय प्रहरी वृत्त मालीगाउँको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटना यहि कात्तिक ८ गतेको हो ।
आरोपित ४९ वर्षीय अधिकारीले रातोपुलमा लगेर किशोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । घटनापछि पिडितका तर्फबाट अधिकारीविरुद्ध प्रहरीमा बलात्कार अभियोगमा किटानी जाहेरी परेको थियो । घटनाको ८ दिन पछि कात्तिक १६ गते अधिकारीलाई प्रहरीले ठमेलबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले अधिकारी विरुद्ध किशोरी बलात्कार अभियोगमा अनुसन्धानभइरहेको बताए । बलात्कार आरोपमा परेको जाहेरीका आधारमा पक्राउ गरी उनीविरुद्ध अदालतबाट म्यादथप गरेर अनुसन्धान अगाडि बढाएको एसपी बस्नेतले जनाए ।
प्रतिक्रिया