सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा

काठमाडौं । चर्चित निर्देशक समिर जोशीको निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माण हुने भएको छ । समिर जोशी हाल प्रशारणमा रहेको T series stage work talent hunt, टेलिशृंखला- खै कुरा बुझेको ? तथा चम्सुरीसँग चिया गफका निर्देशक हुन् । उनकै निर्देशनमा सत्यकथामा आधारित टेलिशृंखला मेरो एउटा प्रेमकथा निर्माण हुने भएको हो ।

उक्त कथा (टेलिशृंखला) भने आमदर्शकले पठाएको आफ्नै प्रेमकथामा आधारित हुने निर्देशन जोशीले बताए । साथै टेलिशृंखलामा विभिन्न सेलेब्रेटी तथा अन्य चर्चित व्यक्तिहरुको प्रेमकथा समेत प्रस्तुत गरिनेछ । digi pay को प्रस्तुती, sanu movies र binav creations द्वारा निर्माण हुने उक्त टेलिशृंखलाको छायांकन बिनोद श्रेष्ठले गर्नेछन् भने सुनिल श्रेष्ठले सम्पादन गर्नेछन् ।

टेलिशृंखलाको शिर्ष गित ज्योती खतिवडाको छ भने सुमन कपालीले संगीत दिनेछन् । नयाँ तथा पुराना कलाकारको जमघट हुने उक्त टेलिशृंखलाको प्रत्येक शृंखलामा नयाँ कलाकारको अभिनय रहनेछ । टेलिशृंखला राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ । आम दर्शकलाई आफ्नो प्रेमकथा [email protected] मा पठाउन निर्माण संस्थाले आह्वान गरेको छ ।

तपाइँले आफ्नो जीवनमा भोगेको (तपाइँको प्रेमकथा) [email protected] मा पठाउनुभयो भने तपाइँको कथा टेलिश्रृंखलामार्फत प्रसारण गरिनेछ । तपाइँले पठाउनुभएको कथा उत्कृष्ट अर्थात प्रशारणयोग्य भएमा उचित पारिश्रमिक समेत प्रदान गरिने निर्देशन जोशीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board