काठमाडौं, २२ कार्तिक । नेपाली बजारमा सोमबार (आज) सुनको मूल्य एक हजार ५ सय रूपैयाँले बढेको छ ।छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अघिल्लो दिन सुन ९१ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजावी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि आज २५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
एकैदिन १५ सयले बढ्यो सुनको मूल्य
प्रतिक्रिया