काठमाडौं, २२ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर जाने भएका छन् । पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन ओली विराटनगर जान लागेको जनाइएको छ ।पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट बिहान ११ बजे यती एयरको जहाज चढेर विराटनगर जान लागेका हुन् ।विराटनगरमा उनले नेतारकार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ५ हजारभन्दा बढी नेतारकार्यकर्ता सहभागी हुने एमाले मोरङको दाबी छ । अध्यक्ष ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै
प्रतिक्रिया