न्युजिल्याण्डमा इच्छा मृत्युले पायो कानुनी मान्यता, घातक रोगीहरुले यो विकल्प रोज्न पाउने

एजेन्सी, २१ कात्तिक । न्युजिल्याण्ड सरकारले घातक तथा दिर्घ रोगीहरुलाई राहत दिँदै इच्छा मृत्युलाई कानुनी मान्यता दिएको छ। न्युजिल्याण्डले इथेनसिया (इच्छा मृत्यु)रोज्न पाइने मान्यतालाई आजदेखि कानुनी मान्यता दिएको हो ।इच्छामृत्युलाई कानुनी रुपमा मान्यता दिएका राष्ट्रहरुमा स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, स्पेन, क्यानडा, अष्ट्रेलिया, कोलम्बिया लगायतका रहेका छन् ।इच्छामृत्यु रोज्नेहरुले विभिन्न मापदण्ड र सर्तहरु भने पालना गर्नुपर्ने हुन्छ । कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ भने ६ महिना भन्दा बढी बचाउन नसकिने अवस्थामा २ जना चिकित्सकको सहमतिमा इच्छा मृत्युको विकल्प रोज्न पाइने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति