अपडेट : दियोबाट सल्केको आगोले ग्यास सिलिन्डर पड्किँदा म्ह पूजा मनाइरहेका एकै घरका चारको मृत्यु, दुई घाइते

काठमाडौं, १९ कार्तिक । ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको घरमा शुक्रबार ६ बजेर ४५ मिनेट जाँदा यो दुर्घटना भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार उनीहरू तेस्रो तलामा म्ह पूजा गर्दै थिए। दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको थियो। त्यही दियोको आगोले सबभन्दा पहिला झ्यालको पर्दा टिप्यो।परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले तल्लो तल्लाबाट आगो सल्किन थालेको कसैले चाल पाएनन्।

पर्दामा लागेको आगो ह्वारह्वार्ती दन्किन थाल्यो। पुरानो घर भएर पनि होला त्यसले एक्कासि माथिल्लो तल्लालाई पनि टिप्यो,, प्रहरी उपरीक्षक महर्जनले भने। साढे तीन तलाको पुरानो घरमा आगो सल्किँदै माथिल्लो तल्लामा पुगेपछि भान्छामा रहेको ग्यास सिलिन्डर पड्किएको उनले जानकारी दिए। आगो लागेको घर लक्ष्मीकृष्ण ताम्राकारको हो।

मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जल रहेको मंगलबजार प्रहरी प्रभागले जनाएको छ। छोरा ४२ वर्षका निरज ताम्राकार र ३२ वर्षकी कान्छी छोरी सिर्जना ताम्राकार घाइते छन्। सिर्जनाको अवस्था गम्भीर छ। घटनास्थल पुगेका प्रहरीका अनुसार उक्त घरमा १० जना व्यक्ति थिए।घाइतेहरूलाई उपचारका लागि पाटन अस्पताल पठाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति