तिहारमा १४ किलो सुनको ३१ सय असर्फी बिक्री : अब नियमित रूपमा नयाँ सिक्का छाप्ने

काठमाडौँ, १९ कार्तिक । यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ । १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र २.५ ग्रामका १ हजार ६ सय थान गरी ३१ हजार थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ।तिहारका लागि राष्ट्र बैंकले गत सोमबार र मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो । दुई दिनमा उल्लिखित संख्यामा सिक्का बिक्री गरेको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्षका लागि प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्राममा एक/ एक थानका दरले राष्ट्र बैंकले असर्फी बिक्री गरेको थियो ।राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ हजार थान १० ग्रामका, ८ हजार थान ५ ग्रामका र ९ हजार थान साढे २ ग्रामका गरी कुल २० हजार थान असर्फी छपाएको थियो ।

त्यसयता टक्सार कार्यालय सुन्धाराबाट बबरमहल स्थानान्तरण भएको र निषेधाज्ञाका कारण थप सिक्का छपाइ भएको छैन । २०७६ /७७ मै छापेका सिक्का गत वर्ष र यो वर्ष बिक्री गरिएको हो ।‘सुन र चाँदीका केही थान सिक्का अझै स्टकमा छन्,’राष्ट्र बैंक टक्सार विभाग प्रमुख विनोद आचार्यले भने, ‘तिहारपछि भने नियमित रूपमा नयाँ सिक्का छाप्ने तयारी छ ।’तीमध्ये १५ हजार थान गत दुई आर्थिक वर्षमा विक्री भइसक्यो । बाँकी रकम यो वर्षको तिहारमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति