काठमाडौं, १७ कार्तिक। चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि चितवन पुगेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगेका छन् । मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएपनि ढिलाइ भएपछि तिहारको सयममा समस्या हुनसक्ने भन्दै उनी चितवन पुगेका थिए । उनले दिउँसो पनि भइरहेको कामकोबारेमा जानकारी लिएर थप जनशक्ति ल्याएर काम गर्न निर्देशन दिएका थिए । उनले दिउँसो नै कर्मचारीहरुलाई गम्भीरतापूर्वक काम नभएको भन्दै गति बढाउन आग्रह गरेका थिए । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न उनको आग्रह थियो । मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२–११ बसेनी ग्रिड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा समस्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्र अन्तर्गत भरतपुर महानगरपालिका(१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।
राति पनि कामबारे जानकारी लिन बसेनी सबस्टेसन पुगे कुलमान
प्रतिक्रिया