प्रधानन्यायाधीश जबराले तोके आज १५ जना न्यायाधीशको इजलास, सबै मुद्दा बन्दी प्रत्यक्षीकरणका

काठमाडौं, १७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका छन् । उनले ६ वटा संयुक्त र तीनवटा एकल इजलास तोकेका हुन् ।

कुल ९ वटा इजलासमा उनले ९ वटा बन्दी प्रत्यक्षीकरणको मुद्दामात्रै तोकेका छन् ।एउटा एकल र अर्को संयुक्त इजलासमा यी सबै मुद्दा तोक्न सकिने अवस्था रहे पनि प्रधानन्यायाधीश जबराले धेरै संख्यामा इजलास सञ्चालन भएको सन्देश प्रवाह गर्न एउटा इजलासमा एउटाभन्दा बढी मुद्दा राखेका छैनन् ।

सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबराले आफ्नो इजलास नतोक्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।मंगलबार बैंकिङ कसुरको मुद्दा पेसीमा चढेपछि न्यायाधीशहरूले कुनै पनि मुद्दा सुनुवाइ गरेनन् । त्यसैले बुधबार आज प्रधानन्यायाधीश जबराले बन्दी प्रत्यक्षीकरणको बाहेक कुनै निवेदन पेसीमा तोकेनन् । विहीबारदेखि भने चार दिन तिहार बिदा हुनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति