लुम्बिनीमा अस्पताल स्थापना गर्ने श्रीलंकाको इच्छा

काठमाडौं, १७ कात्तिक । श्रीलंकाले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवासँग स्कटल्याण्डको ग्लास्गोमा मंगलबार भएको भेटमा श्रीलंकाका राष्ट्रपति गुटावाया राजापाक्षले लुम्बिनीमा अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेका हुन् ।श्रीलंकाका राष्ट्रपति राजापक्षले लुम्बिनीमा ३० शय्याको अस्पताल स्थापना गर्ने इच्छा व्यक्त गरेको र प्रधानमन्त्री देउवाले त्यसमा नेपालको सदभाव रहने बताएका छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बढाउने, शैक्षिक क्षेत्रमा सहयोग आदान प्रदान गर्ने, दुईपक्षीय संस्कृति मजबुत बनाउने लगायतका विषयमा पनि कुराकानी भएको सचिव पौड्यालले बताए ।स्कटल्याण्डमा रहँदा प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग पनि भेटवार्ता गरेका छन् । भेटवार्तामा नेपाल-अमेरिकी बीचको द्विपक्षीय र बहुपक्षीय विषयमा कुराकानी भएको प्रधानमन्त्री देउवाले ट्वीटरमार्फत् जानकारी दिएका छन् । मंगलबार नै प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेटवार्ता भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति