चितवन कुरुक्षेत्र होइन, शान्तिक्षेत्र बन्छ : अध्यक्ष ओली

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनको माडीमा ३९ जनाको ज्यान जाने गरी यात्रु बसमा गरिएको बम आक्रमण सम्झाएका छन्।

एमाले माडी नगर कमिटीले मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले २०६२ जेठ २३ गते माडीको बगईबाट भरतपुर जाँदै गरेको यात्रु बसलाई माडीको बाँदरमुढे खोला नजिकै एम्बुस थापेर विस्फोट गराइएको घटनालाई स्मरण गराएका हुन्। अहिले पनि जनयुद्धको त्यही घटना सोचेर यो ठाउँलाई कुरु क्षेत्र बनाउँला भन्दैछन्, ओलीले भने, अब यो ठाउँ कुरु क्षेत्र होइन, धर्म क्षेत्र, शान्ति क्षेत्र, पवित्र भूमि र विकास क्षेत्र हुन्छ।

उनले अब पनि कुरू क्षेत्र बनाउन चाहेको भए पाण्डवहरूसँग कौरवहरू हारेको प्रसंग पनि सुनाए। म उहाँ प्रचण्ड लाई भन्छु, कुरूक्षेत्रको युद्धमा कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिएु, उनले भने, युद्ध गर्न खोज्नेहरू हारे भने युद्ध नचाहनेहरुले जितेका थिए। त्यसैले यो रामसीताको भूमि धर्म क्षेत्रलाई कुरु क्षेत्र बनाउने कुरा नसोचे हुन्छ।

उनले माडीस्थित अयोध्यापुरीलाई अब पर्यटन मन्त्रालयले देशमा उत्कृष्ट १० गन्तव्य बनाउने पनि बताए। अर्को पटक पर्यटन मन्त्रालयले यसलाई सय होइन, नेपालका १० वटा गन्तव्यभित्र यसलाई राख्नेछु, ओलीले भने, अयोध्या के हो भनेर मैले भनिसकेको छु। रामको जन्म यहीँ अयोध्यापुरीमा भएको थियो। मैले राम जन्मभूमि नेपालमा हो र अयोध्यापुरी नेपालमै पर्छ भनेको हो। हामी इतिहासका तथ्यबाट यसलाई प्रमाणित गर्छौ। यसलाई हामी विश्वको प्रमुख धार्मिकस्थलका रुपमा विकास गर्छौँ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति