विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग बंगलादेश पराजित

काठमाडौं, १६ कात्तिक । विश्वकप क्रिकेटको समूह १२ मा बंगलादेशलाई पराजित गरेपछि दक्षिण अफ्रिकाले सेमिफाइनल यात्रा सहज बनाएको छ ।
८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । दक्षिण अफ्रिकाको जितमा टेम्बा बभुमाले अविजित ३१, रसे भान डेर डसेनले २२, क्वीन्टन डि ककले १६ रन जोडे ।टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८.२ ओभरमा ८४ रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका लागि मेहदी हसनले २७, लिटन दासले २४ रन र समिम होसिनले १ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । बलिङतर्फ कागिसो रबडा र एन्रिच नोर्जेले समान ३ विकेट तब्राइज साम्सीले २ र ड्वायन प्रेटोरियसले १ विकेट लिए ।सुपर–१२ चरणको ग्रुप १ मा मंगलबारको खेलपछि बंगलादेश ४ खेलबाट कुनै अंक जोड्न नसकी पुछारमा छ । दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । समान ४ खेलबाट ८ अंक जोडेको इंगल्याण्ड शीर्ष स्थानमा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति