उगादुगुउ, १६ कार्तिक । बुर्किना फासोको डम्बम गाउँमा सोमबार बन्दुकधारीहरूले कम्तीमा १० सर्वसाधारणको हत्या गर्नुका साथै अन्य चार जनालाई अपहरण गरेको बताइएकाे छ।
अज्ञात बन्दुकधारीहरूले सोमबार बिहान नाइजरसँगको सिमानाबाट करिब १६ किलोमिटर टाढा डाम्बम मार्कोये कम्युनको बासिन्दालाइ आक्रमणको निशाना बनाएका थिए। बुर्किना फासोको सशस्त्र सेनाले यस क्षेत्रमा द्रुत कारबाही शुरु गरेको बताइएको छ । डम्बमका बासिन्दाहरू प्रत्येक सोमबार पैदल, ट्राइसाइकल वा गाडामा गाईवस्तु बेच्न मार्कोये बजार जाने गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया