अफगानिस्तानमा बम विस्फोट अपडेट : १५ जनाको मृत्यु, ३४ घाइते

काठमाडौं, १६ कार्तिक ।  अफगानिस्तानको राजधानी काबुलस्थित सैन्य अस्पतालनजिक मंगलबार अपराह्न दुईवटा बम विस्फोट गराइएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानसँग सम्बन्धित सुरक्षा अधिकारीले विस्फोटमा १५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएको बताएका छन्।

तालिबानका एक प्रवक्ताका अनुसार पहिलो विस्फोट सरदार दाउद खान अस्पतालअगाडि भएको हो। अर्को विस्फोट पनि त्यही क्षेत्रमा भएको उनले बताएका छन्।केही प्रत्यक्षदर्शीले त्यहाँ गोली चलेको आवाज पनि सुनिएको बताउका छन्। अस्पतालका कर्मचारीले भित्र लडाइँ भइरहेको जानकारी दिएका छन्। अस्पतालका एक डाक्टरले एएफपी समाचार संस्थासँग भनेका छन्, ‘म अस्पताल भित्र छु। मैले ठूलो विस्फोटको आवाज सुनेको छु। हामीलाई सुरक्षित कोठामा जान भनिएको छ। अहिले पनि बन्दुक पड्केको आवाज आइरहेको छ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति