प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईले लिए शपथ

विराटनगर, १६ कार्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई आज (मंगलबार) प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले शपथ गराएका हुन् ।आज नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका हुन् ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमको शपथ लिएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति