प्रदेश १ मा चार मन्त्री र एक राज्यमन्त्री नियुक्त(पत्रसहित)

मोरङ, १६ कार्तिक । प्रदेश १का मुख्यमन्त्री राजेन्द्र राईले चार मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो नियुक्त भएका छन् ।

यसअघि पनि तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारमा आङ्बोले आर्थिक मामिला मन्त्रालय २ वर्ष १० महिना सम्हालेका थिए । प्रदेशसभामा निर्वाचित भएर आएपछि २०७४ फाल्गुन ३ गते आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका आङ्बोलाई तत्कालीन मुख्यमन्त्री राईले सरकारमा बसेर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै मन्त्रीबाट २०७७ पुस ११ गते बर्खास्त गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला मन्त्रालयमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीमा जनता समाजवादी पार्टीका नेता जयराम यादव नियुक्त भएका छन् ।सामाजिक विकास राज्यमन्त्रीमा विष्णुमाया तुम्बाहाम्फे नियुक्त भएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति