तीन फ्रान्सेली नागरिक हिमाल आरोहण क्रममा बेपत्ता

सोलुखुम्बु , १६ कात्तिक । सोलुखुम्बुस्थित हिमाल आरोहण गर्ने क्रममा फ्रान्सका तीन नागरिक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार फ्रान्सेली नागरिकहरू थोमस, गाब्रियल र लुइस जिल्लाको खुम्बु क्षेत्रमा पर्ने खाङतेका हिमाल आरोहणमा गएको ६ दिनदेखि बेपत्ता भएका छन् । आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गत असोज १८ खाङतेका हिमाल आरोहणका लागि गएका उनीहरू फर्केका भने छैनन् । उनीहरुको वापसीको आशा नदेखिएको त्यसमाथि यही कात्तिक ९ गतेदेखि तीनै जना सम्पर्कविहीन भएकाले बेपत्ता भएको तीनको खोजी गर्न सोमबारदेखि कैलाश एयरको हेलिकोप्टर प्रयोग गरिएको छ।

आठ जनाको समूहमा गएकामध्ये अन्य ५ जना भने सम्पर्कमा आएकाे प्रहरीले बताएका छन् । हरसम्भव रुपमा उनीहरुलाई फेला पार्ने प्रहरीले आश्वाशन दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति