प्रधानन्यायाधीशको बारले दिएको समयसीमाभित्र राजीनामा नआए निर्णायक आन्दोलन गर्छौँः रमणकुमार श्रेष्ठ

काठमाडौँ, १६ कात्तिक। नेपाल बार एसोसिएसनका पूर्वमहासचिव रमणकुमार श्रेष्ठले कार्यपालिकामा भाग खोजेर प्रधानन्यायाधीशले गम्भीर न्यायिक अपराध गरेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले जारी राखेको आन्दोलनका क्रममा मंगलबार बोल्दै श्रेष्ठले जबराको नेतृत्वमा अब न्यायपालिका अघि बढ्न नसक्ने बताउदै तत्काल राजीनामा दिन माग गरेका छन् । उनले सर्वोच्च अदालतका सबै न्यायाधीश, नेपाल बार, पूर्वन्यायाधीशलगायतले गलत भनिरहँदा जबरा केही नभएजस्तो गरेर बसिरहेको भन्दै तिहारसम्ममा राजीनामा नदिए निर्णायक आन्दोलन गर्ने बताएका छन् ।

उनले प्रधानन्यायाधीश प्रकरणमा दलहरु मौन बसेको भन्दै आक्रोशसमेत पोखे । प्रधानन्यायाधीशको हैसियतमा जबराले गरेका सबै काम गलत भएको उनको टिप्पणी छ । जबराले निकास नदिएसम्म न्यायपालिका सुधार नहुने उनले बताए । ‘अब जबराको नेतृत्वमा न्यायालय स्वतन्त्र र भ्रष्टाचारविहीन हुँदैन, त्यसैले उहाँले राजीनामा दिनुपर्छ,’ श्रेष्ठले भने, ‘बारले दिएको समयसीमाभित्र राजीनामा नआए हामी तपाईलाई छोड्दैनौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति