काठमाडौं, १६ कार्तिक । सर्वोच्च अदालतमा आज पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आजका लागि पनि बन्दी प्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका हुन्।
उनले आज पनि आफ्ना लागि इजलास गठन गरेका छैनन्। हिजो पनि बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइका लागि पेशी तोकिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएका थिए । उनीहरुको आग्रहअनुसार नै प्रधानन्यायाधीश जबराले बन्दीप्रत्यक्षीकरणका निवेदनमा मात्रै पेशी तोकेका हुन्। जबराले हिजो सम्मानजनक बहिर्गमन बारे सर्वोच्चका तीन न्यायाधीशसँग कुराकानी गरेका थिए।
प्रतिक्रिया