प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

काठमाडौं, १६ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले मंगलबार तेस्रो दिन पनि विरोध कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्वघोषित कार्यक्रम अनुसार प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीले हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमा विरोध कार्यक्रम गरेका हुन्।प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसन उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि आन्दोलित छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति