कांग्रेस नेता पौडेलले भने – प्रधानन्यायाधीशले चाँडो राजीनामा दिनुपर्छ

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले जतिसक्दो आफ्नो पदबाट राजीनामा दिनुपर्ने औंल्याएका छन् । मंगलबार बिहान हेटौंडामा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा पौडेलले प्रधानान्यायाधीशलाई जतिसक्दो चाँडो राजीनामा दिएर अदालतलाई विवादबाट पर राख्नुपर्ने औंल्याएका हुन् । ‘सर्वोच्च अदालतमा भएको सेटिङको असर अहिले देखिरहेको छ । प्रधानन्यायाधीशले पदबाट छोड्नका लागि जति ढिलो गरे उनले गरेका नराम्रा काम त्यतीनै बाहिर आउने भएकाले चाँडो पद छोड्नका लागि आग्रह गर्छु,’ उनले भने ।पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा देशकै असक्षम नेता रहेको आरोप लगाए । ‘पाँच वर्षसम्म पार्टीको महाधिवेशन गर्न सकेको छैन, निर्वाचन आयोगले जोगाइदिरहेको छ । यही नेतृत्वले अझै देशकै चुनाव गर्ने दाबी गरिरहेको छ । आफ्नै पार्टीको चुनाव गर्न नसक्नेले देशको चुनाव कसरी गर्लान्,’ उनले आउँदो राष्ट्रिय सभा सदस्यको चुनावमा नेपाली कांग्रेसको कानुनी हैसियत हुन्छ कि हुँदैन भन्ने अवस्था आइसकेको बताए ।उनले देउवाको नेतृत्व अधिनायकवाद, तानशाही शैली भएको आरोप लगाउँदै महाधिवेशनबाट अधिनायकवादका अवशेषहरु सकिने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति