कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौं, १५ कार्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

सम्बोधनका क्रममा उनले आफ्नो सरकारले गरेका कामको विवरणसमेत प्रस्तुत गरे । २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका उनले करिब साढे तीन वर्षपछि राजीनामा दिएका हुन् ।गत वैशाख ३ गते काङ्ग्रेसले मुख्यमन्त्री शाहीलाई सत्ता आलोपालो सञ्चालन गर्ने सहमतिमा विश्वासको मत दिएको थियो । अब कर्णालीमा काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुने बताइएको छ । काङ्ग्रेसबाट संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री हुने सम्भावना छ ।त्यसअघि आज ५ बजे मन्त्रिपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद्ले गरेका निर्णय भने सार्वजनिक गरिएको छैन ।

गएको वैशाख ३ गते मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा माओवादी र काङ्ग्रेसले सरकार आलोपालो चलाउने सहमति गरेका थिए । त्यहीअनुसार मुख्यमन्त्री शाहीले राजीनामा दिएका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति