विद्युतिय गाडी र मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

दमौली, १५ कात्तिक । आइतबार राति तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा भएको दुर्घटनामा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ मृत्यु भएको छ ।

गल्वुबेँसीबाट भादगाउँतर्फ जाँदै गरेको को१झ ४० नंको विद्युतको गाडी र विपरीत दिशाबाट आउँदै गरेको ग२१प ३९२६ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक गुरुङको मृत्यु भएको हो । गुरुङलाई उपचारकालागि अस्पताल पु¥याउँदा दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय रोशन घर्ती घाइते भएकाले थप उपचारका लागि पोखरा पठाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति