६० जनाले दिए राष्ट्रिय क्रिकेटकाे मुख्य प्रशिक्षकका लागि आवेदन

काठमाडौं , १५ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नका लागि ६० जनाले आवेदन दिएका छन् ।

गत सेप्टेम्बरमा डेभ वाटमोरले अप्रत्यासित रुपमा पदबाट राजीनामा दिएछि रिक्त पदका लागि नेपाल क्रिकेट संघले आवेदन खुल्ला गरेको थियो । आवेदन खुलेपश्चात् पदका लागि विश्वभरबाट कुल ६० जनाले नेपालको प्रशिक्षक बन्नका लागि आवेदन दिएको क्यानले जनाएका छन् । सोमबार बिहान उक्त आवेदन प्राप्त भएका साथै आवेदकमध्येबाट सर्टलिस्ट छनोट गरेर छिटै अन्तर्वार्ता लिने पनि क्यानले जारी विज्ञप्तिमा जनाएको छ ।

गत पुस नेपालको प्रशिक्षक नियुक्त भएका वाटमोरले आफ्नो समय बाँकी छँदै पारिवारिक कारण भन्दै क्यानसमक्ष राजीनामा दिएपछि नेपाल प्रशिक्षकविहीन बनेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति