तालिबानलाई भारतले भन्यो– हामी हवाइ हमला गर्न तयार छौं

काठमाडौं, १५ कार्तिक । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारततर्फ तालिबान आउन खोजे आफूहरू हवाइ हमला गर्न तयार रहेको बताएका छन् । आइतबार एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आदित्यनाथले तालिबान भारतमा प्रवेश गर्न खोजे आफूहरू हवाइ हमला गर्न तयार रहेको बताएका हुन् ।प्रधानमन्त्री नरेन्द्रो मोदीको पालामा भारत शक्तिशाली बनिरहेको र कुनै पनि मुलुकले चुनौती दिन नसक्ने उनको दाबी छ ।‘आज नरेन्द्र मोदीको नेतृत्वमा मुलुक शक्तिशाली बनेको छ र कुनै पनि मुलुकसँग भारततर्फ आँखा उठाएर हेर्ने हिम्मत छैन,’ मोदीलाई उदृत गर्दै भारतीय समाचार माध्यमले उल्लेख गरेका छन्, ‘तालिबानका कारण पाकिस्तान र अफगानिस्तान हैरान भएका छन् । तर भारतमा प्रवेश गर्न खोजे हामीहरू हवाइ हमला गर्न तयार रहेको कुरा तालिबानलाई राम्रोसँग थाहा छ ।’कार्यक्रममा बोल्ने क्रममा आदित्यनाथले राज्यका आफ्ना विरोधीको समेत घुमाउरो पाराले आलोचना गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति