सर्वोच्चमा न्यायाधीशहरुले सुरु गरे छलफल


काठमाडौं, १५ कात्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणको मुद्दामा इजालस तोकेपछि सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार प्रधानन्यायाधीश जबराले १० जना न्यायाधीशलाई ४ वटा संयुक्त र २ वटा एकल इजलास तोकेका छन् ।
आइतबार मात्रै प्रधानन्यायाधीशले १७ जना न्यायाधीशहरूको छलफलमा न्यायाधीश मनोज शर्मामार्फत आफूले सम्मानजनक बहिर्गमन चाहेको सन्देश पठाएका थिए । प्रधानन्यायाधीशको प्रस्तावबारे बुझ्न न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मालाई जिम्मा दिइएको थियो । उनीहरूले सोमबारका लागि प्रधानन्यायाधीश जबराले आफ्ना लागि पेसी नतोक्न र बाँकी न्यायाधीशका लागि पनि बन्दीप्रत्यक्षीकरणका मुद्दाको मात्र पेसी तोक्न आग्रह गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति