काठमाडौं, १५ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज बन्दीप्रत्यक्षीकरण मुद्दाको मात्रै पेशी तोकेका छन्। सर्वोच्चमा न्यायाधीशहरुको निरन्तर इजलास बहिस्कारका कारण मुद्दाको सुनुवाइ प्रभावित हुँदै आएको छ। प्रधानन्यायाधीश जबराले आज आफ्ना लागि भने कुनै इजलास तोकेका छैनन्। आजका लागि तोकिएका छ इजलासमा सबै मुद्दा बन्दीप्रत्यक्षीकरण मात्रै छ।
न्यायालयको सुधार र प्रधानन्यायाधीश जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै सर्वोच्चका न्यायाधीशहरूले एक हप्तादेखि कुनै पनि मुद्दा हेरेका छैनन्। सर्वोच्च बारका कानून व्यवसायीहरुले पनि हिजोदेखि आन्दोलन सुरु गरेको छ।
सर्वोच्चका न्यायाधीशहरूले हिजो प्रधानन्यायाधीशसँग वार्ताका लागि तिन सदस्यीय वार्ता टोली गठन गरेको छ। वार्ता टोलीमा न्यायाधीशहरु अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र डाक्टर मनोजकुमार शर्मा छन्। वार्ता टोलीका सदस्यलाई प्रधानन्यायाधीश जबराले सम्मानजनक बर्हिगमनको प्रस्ताव राखेको जनाइएको छ।
प्रतिक्रिया