काठमाडौं, १५ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन । अध्यक्ष ओली आज चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै प्रस्थान गर्न लागेका हुन ।स्थलमार्गबाट अध्यक्ष ओली चितवन जाने उनको निजी सचिवालयले जानकारी दिएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि रहेको छ ।
एमाले अध्यक्ष ओलीले नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिइन । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको आज उदघाटन गर्दैछन ।
आज दिउँसो साढे तीन बजे भरतपुर–१० मदननगरस्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा १०औँ राष्ट्रिय महाधिवेशनको सम्पर्क कार्यालय उद्घाटन गरेर सौराहा जाने कार्यक्रम तय भएको छ । अध्यक्ष ओलीले सौराहास्थित महाधिवेशनको बन्दसत्र हुने स्थानको आजै साँझ अवलोकन गर्ने छन ।
मंगलबार भरतपुर–१६ मा निर्माणाधीन क्रुजसिप (मिनी पानिजहाज) को अवलोकन गर्ने र त्यसपछि माडीको अयोध्यापुरीमा रहेको राम मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
चितवन सवारीका क्रममा अध्यक्ष ओलीलाई धादिङदेखि नै कार्यकर्ताहरुले चोकचोकमा स्वागत गर्ने तयारी गरेका छन् । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार इच्च्छामनकामना गाँउपालकिा प्रवेशस्थलमा ओलीको भव्य स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यहाँ चितवन जिल्लाका नेता कार्यकर्ता स्वागतका लागि सयौं मोटरसाइकल लिएर आउनेछन् ।
कुरिनटारमा अध्यक्ष ओलीलाई स्थानयीबासिन्दाले स्वागत गर्ने कार्यक्रम रहेको छ । मुग्लिनमा पनि पार्टी कार्यकर्ता र स्थानीयबासीले अध्यक्ष ओलीलाई स्वागतको तयारी गरेका छन् । आफू प्रधानमन्त्री भएका बेला विस्तार गरिएको मुग्लिनबाट नारायणगढ सडक खण्डको अध्यक्ष ओलीले निरीक्षण गर्नेछन । यो सडकलाई दुई लेनबाट चार लेनमा बिस्तार गरिएको छ ।
ओलीले दासढुंगामा जननेता मदन भण्डारी र जीवराज आश्रितको सालिकमा माल्यार्पण गर्नेछन । त्यसपछि रामनगरमा कार्यकर्ता र स्थानीयबासिन्दाले ओलीको स्वागत गर्ने कार्यक्रम रहेको छ । आज चितवन पुगेपछि एमाले भरतपुर महानगरको प्रथम अधिवेशनको अध्यक्ष ओलीले उदघाटन गर्नेछन । त्यसपछि एमालेको १०औं महाधिवेशन स्थल नारायणी किनार क्षेत्रको अवलोकन गर्नेछन । त्यसलगत्तै भरतपुर १० को चितवन जिल्ला पार्टी कार्यलयमा रहेको १०औं महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एमाले अध्यक्ष ओली आज कसरामा बास बस्ने भएका छन ।
प्रतिक्रिया