प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय

काठमाडौं, १४ कार्तिक । बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको हो ।

छलफलका लागि वातावरण बनाउन आइतबार नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ ।

न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको छ ।यद्यपि, बैठकले प्रधानन्यायाधीशको बहिर्गमन नै हुनुपर्ने अडान लिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति