बलिउड चलचित्र ‘उचाइ’को नेपालको छायाङ्कन सकियो

मनाङ, १४ कात्तिक । बलिउड चलचित्र ‘उचाई’को नेपालको छायाङ्कन सकिएको छ । नेपालमा २५ दिनको छायाङ्कन सकेर बलिउड फिल्म ‘उचाई’ले नेपालको छायाङकन तालिका सकाएका छन् ।

दुई दिन काठमाडौँ र बाँकी समय हिमाली जिल्लामा छायाङ्कन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो । खोटाङको नाम्चेदेखि मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएको चलचित्रको शुक्रबार पहिलो तालिकाअन्तर्गतको छायाङ्कन सकिएको छ भने दोस्रो भारतका विभिन्न स्थानमा हुने राजश्री प्रोडक्सनले जनाएको छ ।

उक्त प्रोडक्सनले निर्माण गरेको चलचित्रको छायाङ्कन नेपालमा ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौँमा हायात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज वाडजात्याद्वारा निर्देशित चलचित्रमा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडालगायत कलाकारले नेपाल आएर छायाङ्कन गरिएको थियो ।

चलचित्रमा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर छायाङ्कन गरिएको थियो । चलचित्रका निर्माण टोलीका केही सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौँ फर्किसकेका छन् । चलचित्रको मुख्य टोली शनिबार एयर इण्डियाको विमानमार्फत भारत फर्किएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board