दलहरुलाई शम्भु थापाले लल्लकारे– संवाद को संग गर्नुहुन्छ ?

काठमाडौं, १४ कार्तिक । वरिष्ठ अधिवक्ता शम्भु थापाले राजनीतिक दलहरुलाई प्रश्न गरेका छन् । उनले आन्दोलनरत कानुन व्यवसायीहरुसँग सम्वाद गर्ने कि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग भनेर छिनोफोनो गर्नुपर्ने बताएका हुन ।

जबराको राजीनामा माग गर्दै नेपाल बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च अदालतमा दिएको धर्नापछि सञ्चारकर्मीहरुसँग थापाले भने, ‘ महाअधियोग संविधानको धारामा छ, तर हामी राजनीतिक दलहरुलाई पुकार गर्दैनौं ।’नेपाल बारले लोकतन्त्र, गणतन्त्रका लागि भएका सबै आन्दोलनमा राजनीतिक दलहरुलाई साथ दिएको स्मरण गर्दै उनले भने, यसपालि हेर्नुछ, कानुन व्यवसायीहरुले हाम्रो न्यायालयमा विराजमान भएका प्रधानन्यायाधीश शुद्ध हुनुहुन्न भन्दा हामीहरुसँग कुरा गर्नुहुन्छ कि प्रधानन्यायाधीशसँग कुरा गर्नुहुन्छ ?’यो प्रक्रिया (बहस बहिस्कार) कहिलेसम्म चल्छ भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता थापाले भने, ‘प्रधानन्यायाधीशले नछोडुन्जेलसम्म गइरहन्छ ।’ एक डेढ वर्ष पनि भन्ने अर्को प्रश्नमा उनले भने, ‘एक डेढ वर्ष के आजीवन हुन्छ भनेर लेखेर दिएको रहेछ भने आजीवन पनि गर्नुपर्‍यो नि ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति