मुक्तक सागर सम्मान सरूभक्तलाई

गण्डकी, १४ कात्तिक । मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र ‘मुक्तक सागर’ त्रैमासिक पत्रिकाले संयुक्तरुपमा मुक्तक सागर सम्मान सरुभक्तलाई अर्पण गरेको छ ।

पोखरामा शनिबार आयोजित कार्यक्रममा मुक्तक सागरका तर्फबाट पत्रिकाकी सम्पादक निशा केसीले उक्त सम्मान अर्पण गरेका हुन् । सम्मानित स्रष्टा एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले मुक्तकसम्बन्धी विस्तृत विमर्श गर्ने समय आइसकेको उल्लेख गरे ।

उनले मुक्तकको उन्नयन र विकासमा ‘मुक्तक सागर’ साहित्यिक त्रैमासिक पत्रिकाले निरन्तर खेलेको भूमिकाको चर्चा गरे । कार्यक्रममा कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्राज्ञ सरसस्वी श्रेष्ठ सरु र मञ्चका सल्लाहकार तथा साहित्यकार दीपक समिप, मुक्तक मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य, सम्पादक केसी, प्रकाश अधिकारी लगायतले मुक्तक विधाको चर्चाका साथै सम्मानित व्यक्तित्व सरुभक्तको मुक्तक र साहित्यिक योगदानबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा अल्पविराम, वसन्त गौतम, ईश्वरमणि अधिकारी, भूमिराज बस्ताकोटी, दीपक समिप, रुपिन्द्र प्रभावी, शीतल गिरी, कपिल शर्मा, गीता तिवारी, अम्बिका भण्डारी, कृष्ण सुवेदी, सरोज पौडेल, अमृता पोखरेल, शङ्कर ज्ञावलीलगायत दर्जन बढी मुक्तककारले आफ्ना मुक्तक प्रस्तुत गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति