प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलनमा

काठमाडौं, १४ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलन शुरु गरेको छ । आज पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी छन् ।

बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु छन् ।बारको आन्दोलनमा मुलतः सत्ता गठबन्धन आबद्ध वकिलहरू सहभागी छन् । एमाले समर्थित वकिलले प्रधानन्यायाधीशको मात्र होइन परमादेश जारी गर्नै पाँचै न्यायाधीशको राजीनामा मागेका छन् ।रबाट कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति