ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन, चुनावमा एमाले बढारिएर जानेछः अध्यक्ष नेपाल


काठमाडौं, १३ कात्तिक– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा नेकपा एमाले बढारिएर जाने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा एमाले बढारिएर जानेछ । त्यो बेला एमाले पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।’ उनले भने– ‘आज दुई तिहाइको शक्तिशाली प्रधानमन्त्री ओली सडकमा आइपुगेका छन् । ओलीको दम्भ निस्तेज पार्दै विद्रोहमा जन्मिएको पार्टी एकीकृत समाजवादी सत्तामा पुगेको छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति