पछिल्लो २४ घण्टामा थप ९ सय ११ डिस्चार्ज, ११ जनाको मृत्यु

काठमाडौं, १३ कार्तिक । नेपालमा पछिल्लो चौबीस घण्टामा ३७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ९११ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३१६ जनाको पीसीआर परीक्षणबाट २९७ र २ हजार ५९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५ जना गरी जम्मा ३७२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३९९ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ५२६ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति