पहाडी भू–भागमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, १३ कार्तिक । हाल देशको पहाडी तथा हिमाली भू/भागमा आंशिक बदली र बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पहाडी भागमा आंशिक बदली रही बाँकी भू/भागमा मौसम सफा रहने छ।

पहाडी भू/भागका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू/भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू/भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै सोमबार पनि प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू/भागमा आंशिक बदली रहने छ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू/भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति