काठमाडौं,१३ कार्तिक ।सफ्टवेयर निर्माता प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसन विश्वकै सबैभन्दा मूल्यवान कम्पनी भएको छ। शुक्रबार बजार क्यापमा एप्पल इंकलाई पछाडी छाड्दै यसलाई विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनी बनाएको हो।
एप्पलले बिहीबार अनुमानित आम्दानी गुमाएपछि माइक्रोसफ्टले बजारमा अग्रता लिएको हो।
माइक्रोसफ्टको मार्केट क्याप लगभग २।४६ ट्रिलियन डलर अर्थात करिब २४ खर्ब ६० अर्ब डलर थियो जबकि एप्पलको बजार मूल्य दिउँसो २।४३ ट्रिलियन भन्दा बढी थियो।
एप्पलले आपूर्ति श्रृंखला अवरोधका कारण बिहीबार कम्पनीको वित्तीय चौथो क्वाटरमा वाल स्ट्रिटको अपेक्षाभन्दा कम आम्दानी भएको रिपोर्ट गर्यो। सीईओ टिम कुकले आम्दानीमा ६ अर्बको कमी हुने अनुमान गरिएको बताएका थिए। उनले आगामी छुट्टीको मौसममा व्यापार झन खराब हुने जानकारी दिए ।
तर माइक्रोसफ्टले आफ्नो वित्तीय पहिलो त्रैमासिकमा राजस्वको अपेक्षालाई जितेको छ, जुन वार्षिक दरमा लगभग २२ प्रतिशतको वृद्धि भयो ।
कम्पनीको शेयर बजारमा ०।७ प्रतिशतले बढेर ३२६।८ डलर पुगेको थियो । जसले कम्पनीको मूल्य २।४६ ट्रिलियन डलर बनायो ।
प्रतिक्रिया