बेपत्ता मण्डलको शव नौ दिनपछि भेटियो

राजविराज, १२ कात्तिक । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ का २३ वर्षीय लालु मण्डलको शव नौ दिनपछि भेटिएको छ ।

मण्डललाई यही कात्तिक ३ गते जिता खोलामा आएको बाढीले बगाएको थियो । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका मण्डलको शव सीमावर्ती भारतको सुपौल जिल्लाको कुनौली ग्रामपञ्चयात–१० स्थित जिता खोलाको बगरमा सडेको अवस्थामा फेला परेको हो । भारतीय प्रहरीसँगको समन्वयमा शव नेपाल ल्याइ मृतकका पिता शम्भु मण्डललाई बुझाइएको प्रहरीले जनाएको छ ।

भारतीय बजार कुनौलीबाट किनमेल गरी फर्किंदै गर्दा हनुमानगर–रम्पुरा मल्हनिया सडकखण्डको जीर्ण पुल पार गर्ने क्रममा मण्डललाई जिता खोलाको बाढीले बगाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति