आर्थर जेलमा रहेका आर्यनलाई छुटाउन सघाउने वकिलहरूसँग शाहरूख खानले बाँडे खुसी


एजेन्सी/ बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन बिहीबार जमानतमा रिहा भएका छन्। बम्बई उच्च अदालतले उनलाई बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको हो।लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो।

यसपालि उनको तर्फबाट भारतका चर्चित वकिल तथा पूर्व महान्यायाधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए।आर्यन छुटेकै साँझ उनको पक्षमा लडेका वकिलहरूको टोलीसँग शाहरूख खानको सामूहिक तस्बिर सार्वजनिक भएको छ।एउटा फोटोमा शाहरूख वकिलहरूसँग उभिएर मुस्कुराएर पोज दिएका छन्। फोटोमा उनकी म्यानेजर पूजा डडलानी पनि देखिएकी छन्।

अर्को फोटोमा शाहरूख वकिलहरूको टोलीका साथै अरू केहीसँग देखिएका छन्। वकिल सतिश मनेशिन्डे र उनको टोली आर्यनलाई जमानत दिलाउन लगातार तीन सातादेखि काम गरिरहेका भारतीय सञ्चारमाध्यम एनडिटिभीले जनाएको छ। बिहीबार बल्ल उनीहरू सफल भएका थिए। अदालतको आदेशपछि शाहरूख खान खुसी भए।

उनको लडाइँले आखिरमा सन्तोकको नतिजा दियो, सतिशका भनाइ उद्धृत गर्दै एनडिटिभीले लेखेको छ। उनले आर्यनलाई पक्राउ गर्नु गैरकानुनी भएको र उनीबाट कुनै लागुपदार्थ बरामद नभएको पनि बताएका छन्।नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) ले ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आर्यनसहित आठ जनालाई पक्राउ गरेको थियो। उत्पीडितले पाएको सीमित अधिकार खोस्ने र उनीहरुको तन्त्र लाद्ने हो । यो महाभारत यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ,’ प्रचण्डले भने । कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले पत्रकारहरुसँग अपिल पनि गरे ।

आगामी चुनावमा माओवादी पार्टी परास्त हुनु भनेको राष्ट्र परास्त हुने स्थिति आउन उनले बताए । एमालेले बुटवलमा गर्ने भनेको राष्ट्रिय महाधिवेशन चितवनमा सारेर केपी ओलीले आफूलाई प्रहार गर्न खोजेको उनले बताए । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ र बर्दिया जान्छ कि कालिकोट जान्छ भनेर काठमाडौंमा भनियो । मैले अस्ति पनि भनेँ, म कहीँ जान्न । म चितवन छोड्दिनँ । म भाग्ने मान्छे हुँदै होइन,’ दाहालको भनाइ थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board