प्रधानन्यायाधीशविरुद्ध आन्दोलनको निर्णय गर्दै बार

काठमाडौं, १२ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । त्यसका लागि बारले आज बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । नेपाल बारले यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर, जबराले आफ्नो बहिर्गमन विधि र प्रक्रिया अनि संविधानले निर्धारण गरेको भन्दै सडकबाट उठेको आवाजको भरमा राजीनामा नदिने बताएका थिए ।जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति