काठमाडौँ, १२ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी बालकृष्ण खाणलाई दिएका छन्। गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता खाणलाई प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्री देउवा आज बेलायत जाँदैछन्।नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ।प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री वा सिनियर मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री दिने चलन छ। गृहमन्त्री खाणको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खाणलाई दिएका छन् र त्यसबारे जानकारीको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ।
कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाण
प्रतिक्रिया