काठमाडौं, ११ कार्तिक । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनमा एक हजार पाँच सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।ललितपुरमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बिहीवार बसेको स्थायी कमिटी बैठकले एक हजार पाँच सय ३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो । यो निर्णयलाई केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार भूगोल कमिटीबाट एक हजार एक सय ९६ जना प्रतिनिधि छानिने छन् ।बाँकी गैर–भूगोलबाट तीन सय ४० जना प्रतिनिधि छानिने छन् । एमालेको दशौँ महाधिवेशन आउँदो मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
एमालेको १० औँ महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने
प्रतिक्रिया