परराष्ट्रमन्त्री मन्त्री र संयुक्त अधिराज्यका राजदूत बीच भेट

काठमाडौँ, ११ कात्तिक । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटले आज भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच मित्रता र सहयोगका सम्बन्धमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

कुराकानीमा मन्त्री खड्काले कोभिड–१९ नियन्त्रणका क्रममा संयुक्त अधिराज्यका तर्फबाट प्राप्त विभिन्न सहयोगका लागि धन्यवाद दिँंदै स्कटल्याण्डमा हुन लागेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिर्वतनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २६ औँ सम्मेलन ९कोप–२६०मा नेपालको सहभागिताले जलवायु परिवर्तनको समस्या न्यूनीकरणका लागि नेपालको प्रतिबद्धतालाई अझ पुष्टि गर्दछ भन्ने भनाइ रहेकाे छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति